• ६ साउन २०८१, आइतबार

लुम्बिनीमा आठौँ वर्षावास सुरु

blog

वर्षावासमा सहभागी भक्तजनहरु । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, साउन ६ गते ।
 भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ वर्षावास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । राजनीतिक बौद्ध विहारले आइतबार आयोजना गरेको कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर म्मले शिला वाचन गरी वर्षावासको सुरुवात गर्नुभएको हो । भिक्षु धम्मले वर्षावासले उक्त कार्यक्रमले नेपालीलाई भगवान् बुद्धका उपदेशको ज्ञान लिन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्वभर नेपालीहरू भगवान् बुद्धको देश भनेर चिनिने भएकाले सबै नेपालीले बुद्धको ज्ञान सिक्नुपर्ने उहाँको भनाइ थियो । लुम्बिनी आध्यात्मिक आमा भएको उल्लेख गर्नुहुँदै उहाँले लुम्बिनीबाट उपहार नभई उपहारको रूपमा सोच्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी क्षेत्रको फोहोर व्यवस्थापन कमजोर रहेको बताउँदै यहाँ फोहोर फाल्ने कुराले निकै पीडा हुने बताउनुभयो ।

युएनडिपीका लुम्बिनी क्षेत्रीय प्रमुख सुदीप अर्यालले संयुक्त राष्ट्र सङ्घले सन् २०१६ देखि २०३० सम्मको दिगो विकास लक्ष्यको घोषणासँगै काम गरिरहेको स्मरण गराउँदै लुम्बिनी फोहोर व्यवस्थापनको क्षेत्रमा स्थानीय बासिन्दासँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।

विश्व समुदायको कल्याणका लागि शान्ति पहिलो सर्त भएकाले शान्ति प्राप्तिका लागि सामुदायिक तहमा बुद्ध ज्ञान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले धार्मिक सहिष्णुता कायम राख्न विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीको पहिलो राजनीतिक बुद्ध विहार भत्काउने विषय पटक–पटक उठेको बताउनुहुँदै बुद्ध जन्मेको ठाउँमा रहेको बुद्ध विहार भत्किएमा सिङ्गो विश्व नै तहसनहस हुने बताउनुभयो । उहाँले बिहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनर्निर्माणको काम गर्न सरोकारवालालाई सुझाव दिनुभयो ।

लुम्बिनीका अधिकांश गुम्बा र विहार स्थानीय समुदायसँग नजोडिएको उहाँको गुनासो छ । वर्षको तीन महिना प्रतिकूल मौसमका कारण धार्मिक तीर्थयात्रा गर्न कठिन हुने भएकाले भक्तजन तथा भिक्षुहरूलाई सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठान गर्ने प्रक्रियालाई वर्षवास भनिन्छ ।

साउन पूर्णिमाबाट सुरु भएको वर्षावास तीन महिनापछि पूर्णिमामा समाप्त हुनेछ । वर्षावास कार्यक्रमको व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ । कार्यक्रम संयोजक मीरा गौतमले वर्षावासभरि नै दैनिक प्रवचन, पूजापाठ लगायतका धार्मिक कार्यहरू सञ्चालन गरिने जानकारी दिनुभयो ।