• ६ साउन २०८१, आइतबार

आफन्त नै भन्नु पर्ने (कविता)

blog

दुःख पर्दा ताली पिट्ने

सुख पाउँदा छाती पिट्ने 

देख्दा देख्दै जान्दा जान्दै

आफन्त नै भन्नु पर्ने । 


यता चिप्लो उता चिप्लो

लड्नु सबको नियति हो

लड्दा खेरी उठाउने

खोजी त हुने नै भो । 


यस्तो बेला साथ छोड्ने

समाएको हात छोड्ने

देख्दा देख्दै जान्दा जान्दै

आफन्त नै भन्नु पर्ने । 


उकालीमा तानिदिने 

ओरालीमा लौरो बन्ने 

सबले खोज्ने यस्तै नै हो

सबले रोज्ने यस्तै नै हो । 


रोग लाग्दा खुसी हुने

ठीक हुँदा दुःखी हुने

देख्दा देख्दै जान्दा जान्दै

आफन्त नै भन्नु पर्ने ।