• २२ असार २०८१, शनिबार

नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा

blog

काठमाडौँ, भदौ ४ गते  । शुक्रबार सिनेमाघरहरूमा नयाँ तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। रञ्जित रौनियारको ‘माइकल अधिकारी’, दीपक वली निर्देशित ‘कृष्णलीला’ र परिच्छेद सेन निर्देशित ‘प्रेमगञ्ज’ प्रदर्शनमा आएका हुन्।

चलचित्र ‘कृष्णलीला’ एकोहोरो प्रेमको कथा हो। पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रवीन्द्र झालगायतका कलाकारको चलचित्रमा अभिनय छ। 

‘माइकल अधिकारी’ गोपीकृष्ण मुभिजको चलचित्र हो । चलचित्रको कथा ‘सरोगेसी’मा आधारित छ। चलचित्रमा सृष्टि श्रेष्ठ र सौगात मल्ल प्रमुख भूमिकामा देखिनुभएको छ।

यस्तै एकै व्यक्तिको दुई पुस्ताको प्रेमकथालाई चलचित्र ‘प्रेमगञ्ज’मा देखाइएको छ। मायाप्रेममा आधारित चलचित्रमा तेज गिरी र बेनिशा हमाल प्रमुख भूमिकामा देखिनुभएको छ।