विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख ११ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर १४ रम्पुरा मल्हिनियाँमा स. १ त. ५०८३ नम्बरको ट्याक्टर पल्टिदा सोही वडा निवासी जितेन्द्र यादवको मृत्यु भएको हो ।
टाउको र ढाडमा चोट लागेर गम्भीर घाइते भएका २१ वर्षीय यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा भर्ना गरिएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरी नयाब उपरीक्षक जितिन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
माटो लोड गरेर रामपुरामल्हनिया आउँदै गरेको ट्याक्टर माटो खनेकै खाल्डोमा परि पल्टिदा जितेन्द्र गम्भीर घाइते हुनुभएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि स्थानिय गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनामा सोही वडाका २० वर्षीय दिपेश यादव घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको छ भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।