• ११ वैशाख २०८२, बिहिबार

नेपाल युथ गेम्स मङ्सिरमा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख ११ गते । सार्थक खेल संसारको आयोजनमा नेपाल युथ गेम्स आगामी मङ्सिर १३ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

प्रतियोगितामा १५ वर्षमुनिका खेलाडीले सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र इ–स्पोर्टस गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । नव प्रतिभाको पहिचान गरी खेलकुदको विकासमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको हो । 

खागामी वर्षदेखि ७७ वटै जिल्लामा यस्तो प्रतियोगिता सञ्चालन गरी खेलाडीबिच राष्ट्रिय स्तरको वृहत प्रतियोगिता गर्ने योजना रहेको आयोजक संस्थाका अध्यक्ष सुसन दुलालले बताउनुभयो ।