• ५ पुस २०८२, शनिबार

मृत्युभोज न्यूनीकरण गरेर कल्याणकोष बनाउने अभियानमा यादव समुदाय

blog

मृत्युभोजमा सहभागीहरु । तस्बिर : जीवछ यादव

जीवछ यादव 
लहान, पुस ५ गते ।
यादवहरुको स्वजातीय संस्था गोपाल सेवा समिति लहानले मृत्युभोज न्यूनीकरण गरेर कल्याणकोष बनाउन जागरण अभियान थाल्ने बताएको छ ।

मृत्युभोजलाई निर्मुलीकरण गर्दैनौं, तर न्यूनीकरण गरेर भोजमा गर्ने खर्च सामाज कल्याणका लागि कल्याणकोषमा जम्मा गर्न अभियान सुरु गरिएको समितिका अध्यक्ष गणेश यादवले बताउनुभयो । सखुवानन्कारकटि गाउँपालिका– ३ महदेवाका ६२ वर्षीय सबुर देवी यादवको तेह्रौ दिनको अन्तिम श्रद्धाञ्जली दिन पुगेका गोपाल सेवा समितिका पदाधिकारी सदस्यहरु श्रद्धाञ्ली सभामा मृत्युभोजमा सहभागीको उपस्थितिमा उहाँले यस्तो उद्घोष गर्नुभएको हो ।

गोपाल सेवा समितिको भेलामा मृत्युभोज न्यूनीकरण, दाइजोप्रथाको निर्मुलीकरण र सामाजिक कल्याणकोषमा रकम जम्मा गरेर शिक्षा स्वास्थ्य सामाजिक जागरका लागि यो अभियानमा सकेकाले मृत्युभोज न्यूनीकरण गर्न सबै यादव समुदायसँग उहाँले आग्रह गर्नुभयो ।

तराई मधेशका जिल्लाहरुमा मृत्युभोज गरेर आर्थिक रुपमा कतिपय परिवार ऋणमा डुबेको इतिहास छ । मृत्यु भोजको विकृति रोकेर कल्याणकोषमा जम्मा गरी शिक्षा, स्वास्थ्य, मानवीय विपति लगायको समयमा यस कोषको रकमलाई सदुपयोग गर्नुपर्ने आवाज गोपाल सेवा समितिमा उठ्न थालेपछि यस अभियानमा लागेको अध्यक्ष यादवले प्रष्टयाउनुभयो ।

सिरहाम जिल्लामा मृत्युभोजमा लाग्ने खर्चलाई सामाजिक कल्याण कोषमा जम्मा गर्ने हो भर्ने वर्षेनी एक अर्बभन्दा बढी रकम जम्मा हुन सक्ने नागरिक अगुवा दिनेश यादवको भनाइ छ । ‘‘कल्याणकोषको अवधारणा गोपाल सेवा समितिले ल्याउनु प्रगतिशील अभियान हो । यस अभियानलाई अन्य जाति समुदायहरुले पनि लाग गर्न आवश्यक छ,’’ उहाँले भन्नुभयो ।

अहिले लहानमा मात्रै यहि अभियानअन्तर्गत करोडौंको रकम सङ्कलन गरेर गोपाल सेवा सािति भवन, माडवाडी सेवा सदन, कुशवाहा सेवा समिति सदन, सुँडी कल्याण सदन निर्माण भइसकेका छन् भने थारु कल्याण सेवा भवन निर्माण कार्य भइरहेको छ ।

सबै जाति समुदायका अगुवाहरु साझा मञ्च बनाएर मृत्युभोजको न्यूनीकरण गर्न साझा धारणा बनाउनुपर्ने र मृत्युभोज र दाइजोमुक्त समाज निर्माणका लागि अघि बढ्न आवश्यक रहेको बुद्धिजीवि रामविहारी साहले तर्क गर्नुभयो ।