• ६ साउन २०८१, आइतबार

राष्ट्रपतिद्वारा काँग्रेस नेता गिरीको शीघ्र स्वास्थ्य लाभको कामना

blog

नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरी

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका बौद्धिक नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारी नेता गिरीको उपचारबारे जानकारी हासिल गर्न र स्वास्थ्य लाभको कामना गर्न आज केहीबेर अघि ललितपुरको मेडिसिटी अस्पताल पुग्नुभएको थियो । शुक्रबारबाट नेता गिरीको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएपछि राष्ट्रपति भण्डारी अस्पतालमा पुग्नुभएको हो । 

राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको  र शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको जानकारी राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो । राष्ट्रपति भण्डारीले नेता गिरीका परिवारका सदस्यसँग पनि भेट गरी धैर्य राख्न आग्रह गर्नुभयो । 

राष्ट्रपति भण्डारी अस्पताल पुग्नु हुँदा काँग्रेस नेता विनोद चौधरी तथा अस्पतालका सञ्चालक उपेन्द्र महतो त्यहाँ उपस्थित हुनुहुन्थ्यो । क्यान्सर रोगबाट पीडित गिरीको केही दिनअघिदेखि सघन उपचार कक्ष (आइसियु) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।