• ६ साउन २०८१, आइतबार

कपिलवस्तुमा नक्कली स्वास्थ्यकर्मीको बिगबिगी

blog

कपिलवस्तुको शिवराज नगरपालिका ११ थुन्हियामा अनुगमन गर्दै सरकारी अनुगमन टोली । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ ४ गते । कपिलवस्तुको शिवराज नगरपालिका -११ थुन्हियामा बिकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दैआएका थिए । भारतको पश्चिम बंगालका बाला औषधी पसल खोल्न नेपाल आएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका उनले स्वास्थ्यकर्मी बनेर उपचार गर्दैआएका थिए ।

बंगाली डाक्टर (भारतको पश्चिम बंगालबाट औषधी पसल खोल्न आएका नक्कली स्वास्थ्यकर्मी) बालालाई जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखेको छ । 

बालाजस्ता नक्कली स्वास्थ्यकर्मीको कपिलवस्तुको मधेसी समुदायको बाहुल्यता रहेका बस्तीमा बिगबिगी छ । बालाले सञ्चालन गरेको क्लिनिकको दुई घरको छेउमा सन्तोषकुमार श्रीवास्तबको मेडिकल छ । जिल्लाको महाराजगन्ज नगरपालिकासँग जोडिएको भारतीय कोटिया बस्तीका हुन् उनी । जीव विज्ञान विषयमा प्रमाणपत्र तह (आई एस्सी) मात्र उनले उत्तीर्ण गरेका छन् । 

अनुगमन टोलीले नाम नखुलेका तीन जना नक्कली स्वास्थ्यकर्मीको औषधी पसल फेला पारेको छ । एक जना नक्कली स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

तर उनले लामो समयदेखि निर्धक्कसँग बिरामी जाच्दै आएका छन् । अनुगमन टोली आएको थाहा पाएपछि उनी मेडिकल बन्द गरी भागेका थिए । नक्कली स्वास्थ्यकर्मीले उपचार गर्दा एक बालकको मृत्यु भएपछि जिल्लाको टोली मेडिकल अनुमगनका क्रममा निस्किएको हो ।

गत शनिवार शुद्धोधन गाउँपालिका -५ का १४ वर्षिय बालक दुर्गेश राजभरको उपचारको क्रममा निधन भएको थियो । राजभरको कान दुखेपछि उपचारका लागि शाहनी मेडिकलमा पुग्नुभएको थियो । उपचारका क्रममा अवस्था जटिल भएपछि थप उपचारका लागि कपिलवस्तु अस्पताल लागिएको थियो । उपचार गर्नेक्रममा उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले सो घटनामा मेडिकल सञ्चालक अमरेस मल्लाहलाई प्रकाउ गरी अनुसन्धान गरिरहेको छ ।   

जिल्लाको हुलाकी राजमार्ग आसपासमा सयौंको संख्यामा नक्कली स्वस्थ्यकर्मीको बिगबिगी रहेको मानव अधिकारकर्मी रबिन्द्रनाथ ठाकुरको भनाइ छ ।

राजभरको उपचार गर्ने स्वास्थ्यकर्मी नक्कली रहेको स्थानीयको दाबी छ । किशोरको मृत्यु पछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय कपिलवस्तुले मेडिकलको अनुगमन गरिरहेका छन् । अनुगमन टोलीले नाम नखुलेका तीन जना नक्कली स्वास्थ्यकर्मीको औषधी पसल फेला पारेको छ । एक जना नक्कली स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । 

जिल्लाको हुलाकी राजमार्ग आसपासमा सयौंको संख्यामा नक्कली स्वस्थ्यकर्मीको बिगबिगी रहेको मानव अधिकारकर्मी रबिन्द्रनाथ ठाकुरको भनाइ छ । तर पालिका, प्रशासन र स्वास्थ्य कार्यालयको ध्यान नपुगेको उहाँले बताउनुभयो । नक्कली स्वास्थ्यकर्मीसँग सम्वन्धित विषयको अध्ययन र तालिम दुवै नभएको प्रशासनको भनाइ छ । अवैध गर्भपतन र प्रतिबन्धित औषधी समेत बिक्री गर्ने घटनाहरु सार्वजनिक भएको ठाकुरले बताउनुभयो ।