छिमेकी देश रुससँग चीनले संयुक्त सैन्य अभ्यास गर्न आफ्ना सेना रुस पठाउँदै छ । भोस्टोक ड्रिल नाम गरिएको सो अभ्यास अगष्ट महिनाको अन्तिम दिनदेखि सञ्चालन हुने चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २ गते । भारतमा रहेको प्रतिष्ठित साहित्य संस्था ‘कलिंगा साहित्य महोत्सव’ को पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडाैंमा हुने भएको छ । आगामी असोज २९–३० गतेसम्म आयोजना हुने दुई दिवसीय महोत्वसको नेपाल संयोजन राष्ट्रिका साहित्य प्रतिष्ठानले गर्नेछ । ओडिसाको राजधानी भुवनेश्वरमा विगत १० वर्षदेखि मनाउँदै आएको उक्त महोत्सव भारतकै प्रमुख साहित्यिक महामेला हुँदै आएको नेपाल संयोजक तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले बताउनुभयो । नेपालको अनलाइन पत्रिका हिमालयन डायरी र राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा फेस्टिभल गर्न लागिएको हो ।अध्यक्ष ऋषभदेव घिमिरेकाअनुसार कलिंग साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिडाको परिकल्पना र संयोजनमा पहिलोपटक काठमाडौंमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपालका करिव ७० र भारतका ३० जना साहित्य, कला र संस्कति क्षेत्रका मूर्धन्यका वक्ताहरूको सहभागिता रहने छ । महोत्सवमा ‘नेपालको कला, संस्कृति र साहित्य’ छलफल र बहसको मुख्य विषय रहने छ । महोत्सवले नेपाल र भारतबीचको साहित्यिक, संस्कृतिक, धार्मिक गतिविधिलाई अझ मजबुत बनाउदै दुवै देशका लेखक तथा सर्जकहरूबिचको सम्बन्ध विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा नेपालका प्रसिद्ध संस्कृतिविद्व सत्यमोहन जोशी, प्रसिद्ध संस्कृतिविद्व तथा नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति डा. जगमान गुरुङ, वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ कथाकार, हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा.अभि सुवेदी, वरिष्ठ नाटककार, अशेष मल्ल, वरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीलगायतको सहभागिता रहने छ । यसैगरी, भारतका प्रसिद्ध साहित्यकारहरु रञ्जित राय लेखक तथा भुतपूर्व राजदुत, गीताञ्जली श्री (इन्टरनेशनल बुकर अवार्ड विजेता) अशोक बाजपायी वरिष्ठ साहित्यकार, अरुण कमल वरिष्ठ साहित्यकार, मृदुला गार्ग वरिष्ठ साहित्यकार, समीर ( प्रसिद्ध गीतकार), मालिनी अवस्थी यतिसकुमार, आसुतोष राणा, दिप्ती नवललगायतको सहभागिता रहने महोत्सवको नेपाल निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । निर्देशक निरौलाका अनुसार महोत्सव सफल बनाउन विभिन्न उपसमिति बनाइएको छ ।
प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् ।
दिवाकर पोख्रेलदेउखुरी, भदौ २ गते । दाङको गढवा गाउँपालिकाको राप्ती नदी किनार आसपासमा अवैध रुपमा डम्पिङ गरेर राखेको नदीजन्य पदार्थ गाउँपालिकाले नियन्त्रणमा लिएको छ । लामो समयसम्म सूचना जारी गरेर नदीजन्य पदार्थ हकदार खोजी गर्दा समेत सम्पर्कमा नआएपछि अवैध ठहर गर्दै नियन्त्रणमा ल्याउने काम थालिएको हो । गढवा गाउँपालिकाले पटक पटक जानकारी, छलफल र सूचना दिँदा पनि कोही सम्पर्क नआएकाले बेवारिसे नदीजन्य पदार्थलाई पालिकाले उठाउन सुरु गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको संयोजकत्वमा बनेको चोरी निकासी नियन्त्रण तथा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरुको नाप जाँच समितिले अवैध नदीजन्य पदार्थको निगरानी बढाउन थालेको छ । गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका अन्तर्गत नदी तथा खोलाहरुको किनारमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगको छेउछाउमा अवैधरुपमा संकलन गरी डम्पिङ गरि राखेको नदीजन्य पदार्थ उठाई सुरक्षित स्थानमा डम्पिङ गर्ने निर्णयअनुसार अवैधरुपमा डम्पिङ गरेर राखिएको ढुङ्गा पालिकाले आफ्नो नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पालिकले ५६.६ घनमिटर ढुङ्गा आफ्नो नियन्त्रणमा लिएको छ भने छ हजार दुईसय १७ घनमिटर ढुङ्गाको सम्बन्धित व्यक्तिहरु सम्पर्कमा आएर दाबी गरेको हुनाले पालिका र सुरक्षा निकायको रोहबरमा नापजाँच गरी उल्लेखित परिणाम बराबरको राजश्व बुझाउन आग्रह गरिएको छ । गढवा गाउँपालिकाले क्रसर उद्योगको पनि कानुनी प्रक्रियाहरु अघि बढाइरहेको छ ।
प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको जनाएको हो ।
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
सुदूरपश्चिमको जनजीवनमा एउटा प्रचलित उखान छ, ‘मरुला भनेर विशु खानु, बाँचुला भनेर ओल्के खानु’ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियालीमा सुदूरपश्चिम प्रदेशका डोटीलगायत जिल्लामा ‘ओल्के’ त्यार (पर्व) धुमधामका साथ मनाइएको छ।
मोरङको बेलबारी –११ का ३८ वर्षीय कुमार श्रेष्ठको आगलागीमा परी बुधबार राति मृत्यु भएको छ । बोल्न नसक्ने श्रेष्ठ कान पनि सुन्दैन थिए । मोरङको सुन्दरहरैँचा ११ बेलेपुर स्थित बालकृष्ण गिरीको घरमा भएको आगलागीमा परी श्रेष्ठको मृत्यु भएको हो ।
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा निकालिने रथयात्रा स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित प्रबन्ध गर्न रथयात्रा व्यवस्थापन समिति तथा सुरक्षा एवं प्रशासनिक अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
पाँचथरको पुरानो सदरमुकाम जोरसाल बजारमा ३४ वर्ष अगाडिदेखि बन्द भएको औँसी पूर्णिमा हाट पुनः लगाउन थालिएको छ। स्थानीयले उत्पादन गरेका अन्न गेडागुडी, घरेलु र कृषि उपजसहित रैथाने उत्पादनहरूको किनबेच हुने उक्त हाट २०४५ सालदेखि बन्द भएको थियो। पछिल्लो समय स्थानीय निकायका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घको अगुवाइमा साउन २७ गतेदेखि हाट लगाउन थालिएको हो। अब यो बजार महिनाको दुई पटकअर्थात् तिथिका आधारमा औँसी र पूर्णिमामा लाग्ने फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो।