• ६ साउन २०८१, आइतबार

रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह

blog

प्रदेश १ ब्युरो

विराटनगर, भदौ २ गते । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा निकालिने रथयात्रा स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित प्रबन्ध गर्न रथयात्रा व्यवस्थापन समिति तथा सुरक्षा एवं प्रशासनिक अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। 

प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्पराको रूपमा रहेको रथयात्राको आयोजना गर्दा कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उहाँले सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको हो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफल कार्यक्रममा उहाँले रथयात्रा निकाल्दा संस्कृति र परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो। विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ। उक्त रथयात्रामा लाखौँको सङ्ख्यामा भक्तजनहरू सहभागी हुने गर्छन्। 

कोभिड सङ्क्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ।