चन्द्रपुर नगरपालिकाले अलपत्र अवस्थामा रहेको बसपार्क पुनः प्रयोगमा ल्याउन पहल भएको छ। चन्द्रपुर नगरपालिका–४ टेकानमा रहेको बसपार्क पछिल्लो समयमा प्रयोगविहीन भएपछि विभिन्न आलोचना खेप्दै आएको नगरपालिकाले पुनः सञ्चालनमा ल्याउन पहल गरेको हो। सदरमुकाम गौरबाट बाहिरिने र भित्रिने करिब ३०/३५ वटा बसका लागि स्थानीयको सहयोगमा बसपार्क बनाइएको हो। २०६९ सालमा निर्माण सम्पन्न उक्त बसपार्क बाजागाजा, बसको लावालस्कर र तामझामसहित उद्घाटन भएको थियो। “उद्घाटन पश्चात् करिब एक वर्ष त्यहाँ बस पार्क प्रयोगमा आयो। त्यसपछि बसको ब्याट्रीलगायत पार्टपुर्जा चोरी हुने र बसका कर्मचारीलाई दुव्र्यवहार गर्ने जस्ता क्रियाकलापले बस व्यवसायी हैरान हुन थाले,” बस व्यवसायी सङ्घ रौतहटका अध्यक्ष रामाशङ्कर गिरीले भन्नुभयो, “असुरक्षाको कारण सो बस पार्कमा सवारीसाधन राख्ने काम पनि बन्द भयो।”
ठूलो परिमाणमा लागूऔषध धमाधम पक्राउ पर्न थालेपछि लागूऔषध कारोबारीले ढुवानी गर्न एम्बुलेन्स प्रयोग गर्न थालेका छन्। इलाका प्रहरी कार्यालय लहानले सोमबार बेलुकी लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि गरेको सवारीसाधन जाँचको क्रममा बिरामी बोक्ने एम्बुलेन्सभित्र लागूऔषध गाँजा फेला पारेको छ।
म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले स्थलगत अनुगमन गरेको छ। उक्त अनुगमनक्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्टुरेन्ट तथा किराना र खुद्रा पसल गरी कुल २५ वटाको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वार्षिक लाखौँ रकम भ्रमणमा खर्च गर्ने गरेको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री र मन्त्रीको भ्रमण भत्तामा मात्रै ६६ लाख पाँच हजार १८७ रुपियाँ खर्च गरेको पाइएको छ। आन्तरिक आयस्रोत निकै न्यून भएको कर्णालीमा मन्त्रीले सेवा–सुविधाका नाममा ठूलो रकम खर्च गर्ने गरेको भन्दै नागरिकस्तरबाट आलोचना हुने गरेको छ।
बाँके जिल्लामा कटान र डुबान नियन्त्रण गर्नका लागि राप्ती नदीमा ४२ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गर्न पहिलो पटक भारत सरकार सहमत भएको छ। करिब डेढ दशकदेखि सो तटबन्ध निर्माणका लागि नेपालले भारतसँग माग गर्दै आए पनि विभिन्न समय र चरणमा गरिएको छलफलपछि अहिले आएर भारतीय पक्षले बाँकेमा राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न सहमत भएर १० अर्ब ४४ करोड ८० लाख रुपियाँ अनुदान दिने भएको हो।
हेटौँडा उपमहानगर क्षेत्रभित्र खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले वितरण गर्दै आएको खानेपानीको शुद्धीकरणमा जोड दिने भएको छ । विगतमा खानेपानी वितरणलाई प्राथमिकता दिँदै आएकोमा चालू आर्थिक वर्ष २०७९/८० मा बोर्डले वितरण गर्ने खानेपानीको शुद्धीकरणलाई प्राथमिकतामा राख्ने नीति लिएको छ ।
मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारबाट खाना पकाउने (एलपी) ग्यास हटाउने अभियान सुरु भएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको सो कार्यक्रमअनुरूप पहिलो चरणमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट ग्यास हटाउन थालिएको हो । ऊर्जा मन्त्रालयमा रहेको न्यु कञ्चन चमेना गृह र अर्थ मन्त्रालयमा रहेको सीएमएस हस्पिटालिटी क्यान्टिनले पूर्ण रूपमा ग्यास सिलिन्डर हटाएका छन् । अरू क्यान्टिनमा भने ग्यासको प्रयोग भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतलाई सबै किसिमका दबाब, पूर्वाग्रह र विकृतिबाट मुक्त राख्दै स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ। मुलुकमा ऐन, नियमको सङ्ख्या पर्याप्त भएर मात्र जनताले न्याय पाउने कुरा सुनिश्चित हुन सक्दैन भन्नुहुँदै उहाँले जनताले न्याय पाउन न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु आवश्यक रहेको बताउनुभयो।
बादलमा चाँदीको घेरा भनेझैँ अर्थतन्त्रको तस्बिरमा केही सुधार देखिन थालेको छ। आन्तरिक तथा बाह्य कारणले दबाबमा परेको नेपाली अर्थतन्त्रको सुधारमा गरिएको प्रयास सार्थक बन्दै गएर यस्तो नतिजा आएको हो। विलासी आयात रोक्न सरकारले विभिन्न सुधारात्मक कदम चाल्दै आइरहेको थियो। यसले सुधारको परिसूचकमा आशा लगाउन थालेको छ। नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक वर्ष २०७८/८९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले यही तथ्यलाई उजागर गरेको छ। अर्थतन्त्र अब थप नाजुक दिशामा जान नसक्ने अवस्था देखिनु सुखद सङ्केत हो ।
आजको पुँजीवादी अर्थतन्त्रले ल्याएको ठूलो खतरा ‘ऋण प्रणाली’ हो। सामान्य अर्थमा कुनै ऋणदाता राज्य–सरकार, निगम वा संस्थाहरूबाट अर्को देशको सरकारले लिएको पैसा नै विदेशी ऋण हो। विश्व बैङ्क, एसियाली विकास बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाले विदेशी ऋण प्रवाह गर्दै आएका छन्। नेपाललगायत तेस्रो विश्वका धेरै मुलुक वैदेशिक ऋणलाई अलग गर्न नसक्ने बिन्दुमा पुगेका छन्।
स्कुल पढ्दा गाउँमा सबैभन्दा राम्रो रोल मोडेल मान्छे शिक्षकहरू नै हुनुहुन्थ्यो। अरू पेसाकर्मी नदेखेको अवस्थामा चिरिच्याट्ट सजिएका र सधैँ प्रष्ट सुनिने, बुझिने शिक्षकहरूलाई आदर्श मानियो। सायद उहाँहरूको प्रभावले नै होला शिक्षक बन्न पढियो। आयोग पास गरेर शिक्षक बनियो। आफ्नो कामप्रति निष्ठापूर्वक काम गरेको हुनाले होला साढे दुई दशकको शैक्षिक पेसागत जीवनमा विद्यार्थी र अभिभावकका तर्फबाट सधैँ सकारात्मक पृष्ठपोषण र सहयोग प्राप्त भयो। यस हिसाबले राम्रो माने पनि शिक्षक हुनु र भइरहन झेल्नुपर्ने अनगिन्ती तनावहरू बारे चर्चा गरौँ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते हुँदैछ। सरकारले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले चुनावको तयारी सुरु गरिसकेको छ। चुनाव प्रयोजनका लागि दल दर्ता सम्पन्न भएको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका बनाएर कार्यान्वयन गरेको छ। पछिल्लो स्थानीय तहको निर्वाचनमा देखिएको कमीकमजोरीलाई आयोगले सुधार गरेर अगाडि बढ्ने बताइरहँदा समयमै सफलतापूर्वक चुनाव सम्पन्न गराउन आयोगका लागि चुनौतीपूर्ण हुनेछ। यसै सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग गोरखापत्र दैनिकका इश्वरचन्द्र झाले गरेको कुराकानी :
हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक शल्यक्रिया गरेर सुत्केरी गराउने सेवा सुरु भएको छ । अस्पताल स्थापनाको करिव ५० वर्ष पछि पहिलो पटक यो सेवा सुरु भएको हो ।
पाँच वर्षमा सम्पन्न गर्ने भनिएका छवटा नयाँ औद्योगिक क्षेत्र निर्माण कार्य सात वर्ष हुँदा पनि सुरु हुन सकेका छैनन् । शिलान्यास गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि बढेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो ।
हाल सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये आन्तरिक उडानतर्फ उपत्यकाबाहिरको सबैभन्दा बढी व्यस्त पोखरा विमानस्थल देखिएको छ । उडान सङ्ख्या र यात्रु ओहोरदोहोरका आधारमा पाँच वर्षयता सो विमानस्थल सबैभन्दा बढी व्यस्त देखिएको हो ।