• ६ साउन २०८१, आइतबार

टाकुल्लामा पहिरो जाँदा राजमार्ग अवरुद्ध

blog

पहिरो गएको तिलागुफा –८ टाकुल्ला क्षेत्र । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, साउन ६ गते । कालीकोटको तिलागुफा नगरपालिका –८ को टाकुल्लामा पहिरो गएको छ । लगातार परेको पानीले कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डको टाकुल्लामा पहिरो गएर यातायात सेवा बन्द छ । 

जिल्ला प्रहरी कार्यालय कालीकोटले केही समयअघि ठुलो पहिरो गएकाले यात्रा गर्दा सबै सूचना लिएर मात्र गर्न सुझाव दिएको छ । डिपिओ नाम दिएको सामाजिक सञ्जाल ग्रुपमा पहिरोका कारणले कालीकोट–जुम्लाखण्ड अबरोध भएकाले तत्काल कसैलाई पनि यात्रा नगर्न सुझाव दिएको छ । 

पहिरोको बिस्तृत बिवरण आउन बाँकी रहेको भन्दै प्रहरीले सबै बिवरण आएपछि पहिरो पञ्छाउने साधनस्रोतको ब्यवस्थापन गर्ने बताएको छ । अहिले भिषण वर्षा समेत भइरहेकाले थप पहिरो बगिरहेको छ । पानी पर्न कम हुनेबितिकै पहिरो पञ्छाउने काम सुरु हुने प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले कर्णाली राजमार्गमा बर्षातको समयमा पहिरोको जोखिम उच्च रहेकाले बिषेश ध्यान दिएर यात्रा गर्न पटक–पटक सूचना गर्ने गरेको बताउनुभयो ।