• ६ साउन २०८१, आइतबार

म्याद नाघेका सामान जफत

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, भदौ २ गते । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालित होटल तथा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले स्थलगत अनुगमन गरेको छ।

उक्त अनुगमनक्रममा तातोपानीको तल्लो बजार क्षेत्रका होटल, रेष्टुरेन्ट तथा किराना र खुद्रा पसल गरी कुल २५ वटाको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ। 

तीमध्ये १४ वटा होटल तथा रेष्टुरेन्ट र ११ वटा विभिन्न किराना एवं खुद्रा पसलको अनुगमन गरिएको उक्त टोलीले जानकारी दिएको छ। 

अनुगमनक्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालित फर्मलाई तुरुन्तै प्रक्रिया पूरा गरी पसल सञ्चालन गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राविधिक सहायक सहन्साकुमार मेहताले बताउनुभयो। 

विभिन्न किराना र खुद्रा पसलमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरी नष्ट गरिएको जनाइएको छ। अनुगमनमा जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।