बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ४२ लाख रुपियाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा परेकाे चितुवा समयमै उद्धार हुन नसक्दा मरेकाे छ ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको दश कठ्ठाबाट प्रहरीले भन्सार छली गरी ल्याएको चिनीसहित पिकअप भ्यान समेत नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिकाको बैरगनाथ प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलवार दिउँसो रामग्राम नगरपालिका १८ को दश कठ्ठाबाट अबैध रुपमा भारतबाट ल्याएको १५ क्वीन्टल चिनीसहित लु १ ज ४४०९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको जिम्मेवारी पालिका सरकारको भएको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले सो कुरा बताउनुभएको हो ।
काठमाडौं, भदौ १ गते । सौन्दर्य प्रतियोगिता 'नेक्स्ट सुपर मोडल नेपाल २०२२'को लागि आवेदन खुला भएको छ । ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको यस प्रतियोगिताको पहिलो संस्करणका लागि आवेदन खुला गरिएको हो ।प्रतियोगितामा १८ वर्षदेखि माथिका उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाइ हुनुपर्नेछ । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाइनपेज मार्फत आफ्नो आवेदन दिनुपर्नेछ ।विजेताले २ लाख रुपियाँ पुरस्कारका साथै अन्तर्राष्ट्रिय फेसन र मोडलिङसम्बन्धी विभिन्न अवसर प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको अडिसन भदौ ११ गते हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन स्थानीय सरकारका जनप्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।
जिल्लाको कुशे गाउँपालिकामा अज्ञात रोगले धमाधम गाईगोरु मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं १, २, ३, ४ र ६ का किसानले पालेका गाईगोरु धमाधम मर्न थालेका हुन् ।
भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ जना कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार २५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन् ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १ गते । रोटरी क्लव अफ यलले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखालाई डिजिटल भिडियो कोल्पोस्कोप मेसिन हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ यलका अध्यक्ष गौतम श्रेष्ठले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका सभापति शैलेन्द्रलाल प्रधानलाई सो मेसिन हस्तान्तरण गर्र्नुभएको हो ।नेपाल अर्बुद रोग निवारण संस्थाले दुई दशकदेखि अर्बुद रोग सम्वन्धी उपचार गरी सेवा गर्दै आएकोमा अहिले यस रोगको उपचार थप प्रभावकारी बनाउन आधुनिक मेसिनको आवश्यकता भएकाले यो सहयोग प्रदन गरिएको हो । प्रधानले यस डिजिटल मेसिनको लागि आर्थिक सहयोग गर्न हुने रोटरियन सुरेन्द्र गोविन्द जोशीलाई विशेष धन्यवाद दिनुभयो । सोही कार्यक्रमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका दक्ष चिकित्सकसहित दक्ष प्राविधिकहरुको टोली उपलव्ध गराउने र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाको सिफारिसमा महिलाको स्तन क्यान्सरको शल्यक्रियालगायत अन्य उपचार निःशुल्क गराउन पनि सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुरका अध्यक्ष डा. सुदिप श्रेष्ठ र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका प्रतिनिधिले आदानप्रदान गर्नुभयो ।सो निःशुल्क उपचारका लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुर, रोटरी क्लव अफ यल, नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखा, नेपाल क्यान्सर सपोर्ट ग्रुप र अन्य उपचारको लागि सहयोगी संस्थाहरुको सहयोग रहने छन् ।सो कार्यक्रममा डा. श्रेष्ठले क्यान्सरसम्बन्धी उपचार शहरमा मात्र होइन दुर्गम क्षेत्रमा समेत पुगी त्यहाँका जनतालाई समेत सेवा गर्नुपर्छ, भन्नुभयो । यसैगरी, रोटरी क्लब अफ ललितपुरका अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले क्यान्सर रोगसम्बन्धी उपचार गर्न नेपाल अर्बुद रोग निवारण संस्थालाई सक्दोसहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
रेखीराम रानापाल्पा, भदौ १ गते । शहरी विकास मन्त्री मेटमणी चौधरीले नेपाली समाजको चाहना अनुसार पाँच दलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको बुधबार बिहान तानसेनमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै मन्त्री चौधरीले नेपालमा केही वर्षअघिदेखि जनचाहनाअनुसार गठबन्धन बनेर अघि बढ्ने वातावरण बनेको जिकिर गर्नुभयो । वि.सं. २०१५ सालदेखि नै नेपालमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त गरे पनि स्थायी रुपमा सरकार चल्न नसकेकाले स्थायित्वका लागि गठबन्धन भएको बताउनुभयो । ‘‘ठूला पार्टीलाई अझ ठूलो बन्न र साना पार्टीलाई आफ्नो अस्तित्व कायम गर्न गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छ,’’ उहाँले भन्नुभयो,– ‘त्यसैले पाँच दलीय लोकतान्त्रिक समाजवादी गठबन्धन बनेको छ ।’’ लामो समयसम्म राजनीतिक सङ्घर्षका लागि लड्नुपरेको बताउँदै मन्त्री चौधरीले कुनै नेताको कारणले फेरि मुलुकलाई पछाडि फर्काउने अवस्था नरहेको बताउनुभयो । मन्त्री चौधरीले नेपाली जनतामा भएको भ्रष्ट संस्कार सुधार गरेपछि मात्रै नेता सुध्रिने अवस्था आउने बताउनुभयो । जनतामा पनि केही न केही भ्रष्ट संस्कार रहेको बताउँदै त्यसको विम्वका रुपमा नेतामा पनि समस्या देखिएको दावी गर्नुभयो । काठमाडौँ महानगरपालिकाको फोहोर लामो समयसम्म उठ्न नसेकेको भन्ने पत्रकारहरूको जिज्ञासामा मन्त्री चौधरीले फोहोरमैला व्यवस्थापनमा कमिसनखोर गिरोहको अवरोध रहेको आरोप लगाउनुभयो । उहाँले काठमाडौँको फोहोर व्यवस्थापनलाई एकीकृत रुपमा समाधान गर्नका लागि मन्त्रालयकोतर्फबाट पहल भइरहेको जानकारी दिनुभयो ।
सत्ता गठबन्धनको कार्यदलको बैठक बुधबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि बनेको गठबन्धनको कार्यदलको बैठकमा सिट बाँडफाँटकाे मापदण्ड बनाउने विषयमा ठोस छलफल हुने जनाइएको छ ।
प्रदेश राजधानी घोषणा गरेर अस्थायी सदरमुकाम बुटवलबाट दाङ देउखुरीमा राजधानी राख्नको लागि प्रक्रिया शुरु गरिएको छ । तत्कालको लागि राजधानीको लागि आवश्यक पर्ने विभिन्न भौतिक संरचना नभएपछि राप्ती प्राविधिक शिक्षालयमा प्रदेश संसद भवन, मन्त्रालय भवनलगायतको संरचनाको रुपमा शिक्षालयलाई प्रयोग गर्ने सहमतिपछि प्रदेशसभा भवनको काम भइरहेको छ ।
जङ्गली बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौं गाउँमा स्थानीयले बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुव फसेको हो ।
७५ वर्ष पहिले स्थापना भएर जेनतेन सञ्चालनमा रहेको पश्चिम नेपालकै पहिलो ऐतिहासिक महेन्द्र पुस्तकालय हाल आएर पुनर्र्जीवित हुन थालेको छ । सञ्चालक समिति निष्क्रिय भएर लामो समयदेखि थला पर्दै गएको सो ऐतिहासिक पुस्तकालयलाई पुनः सक्रिय पार्न बाँकेका साहित्यकारहरु र शिक्षाविद् क्रियाशिल हुन थालेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । यो विधेयकअन्तर्गत छुट्टाइएको रकम अमेरिकी इतिहासकै जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बजेट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।