• ६ साउन २०८१, आइतबार

'नेक्स्ट सुपर मोडल नेपाल २०२२' को आवेदन खुला

blog

काठमाडौं, भदौ १ गते । सौन्दर्य प्रतियोगिता 'नेक्स्ट सुपर मोडल नेपाल २०२२'को लागि आवेदन खुला भएको छ । ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको यस प्रतियोगिताको पहिलो संस्करणका लागि आवेदन खुला गरिएको हो ।

प्रतियोगितामा १८ वर्षदेखि माथिका उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाइ हुनुपर्नेछ । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाइनपेज मार्फत आफ्नो आवेदन दिनुपर्नेछ ।

विजेताले २ लाख रुपियाँ पुरस्कारका साथै अन्तर्राष्ट्रिय फेसन र मोडलिङसम्बन्धी विभिन्न अवसर प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको अडिसन भदौ ११ गते हुनेछ ।