• ६ साउन २०८१, आइतबार

तस्करीको चिनीसहित गाडी बरामद

blog

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाबाट बरामद गरेको अबैध चिनी बोकेको गाडी । तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली

नवलपरासी, भदौ १ गते । पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको दश कठ्ठाबाट प्रहरीले भन्सार छली गरी ल्याएको चिनीसहित पिकअप भ्यान समेत नियन्त्रणमा लिएको छ । सुनवल नगरपालिकाको बैरगनाथ प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मङ्गलवार दिउँसो रामग्राम नगरपालिका १८ को दश कठ्ठाबाट अबैध रुपमा भारतबाट ल्याएको १५ क्वीन्टल चिनीसहित लु १ ज ४४०९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

बरामद गरिएको चिनीको मूल्य करिब ९० हजार रुपियाँ र पिकअप भ्यानको मूल्य करिब १२ लाख गरी जम्मा १२ लाख ९० हजारको सामान प्रहरीले बरामद गरेको जनाएको छ । यसैगरी भारतबाट अबैध रुपमा ल्याएका विभिन्न प्रकारका कपडा एवम् अन्य सामान गरी करिब एक लाख ६० हजार रुपियाँ बराबरको सामानहरु प्रहरीले रामग्राम नगरपालिकाको बैरिहलाबाट बरामद गरेको बताइएको छ ।