• ६ साउन २०८१, आइतबार

भारतमा नौ हजार आठ सय ६२ जना कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली, भदौ १ गते । भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार २५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन् ।

भारतमा एक दिन अगाडि आठ हजार ८१३ सङ्क्रमित भएका थिए । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार १३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार २२० जना कोरोना मुक्त भएका छन् । यसैसँगै  कुल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार २५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस/सिन्ह्वा