प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूले नेपालीको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ । विभिन्न माग राखी मङ्गलबार ज्ञापन बुझाउन गएका एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)का पदाधिकारीलाई उहाँले स्वास्थ्य क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताउँदै आगामी दिनमा थप सेवा सुविधा प्रवाह गर्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले स्वास्थ्य सुधारका सबै काममा सरकारले मात्र गर्न नसक्ने भएकाले निजी क्षेत्रका स्वास्थ्य संस्थाको पनि उत्तिकै आवश्यकता र भूमिका रहेको बताउनुभएको अफिनका महासचिव हेम सुवेदीले जानकारी दिनुभयो ।
चित्रमा ‘घोडा र महिला’ विम्बको प्रयोग गरी शक्ति र प्रकृतिको बलियो संयोजन दर्शाउन सिपालु कलाकार सञ्जय बान्तावा आफूलाई सङ्घर्षमा विश्वास गर्ने व्यक्तिका रूपमा चिनाउनुहुन्छ। करिब तीन वर्षकै उमेरमा पोलियो रोगका कारण दुवै खुट्टाले काम नगरे पनि अध्ययनलाई निरन्तरता दिँदै कला क्षेत्रमा उहाँ प्रतिभाशाली व्यक्तित्वको पहिचानसहित उभिनुभएको छ। धेरै समय ह्विलचियरमै बिताउने कलाकार बान्तवाले चित्रमा प्रयोग गरिने उक्त विम्बमार्फत दौडिने, निरन्तर सङ्घर्षमै रमाउने आफ्नो कल्पनालाई सजीव रूप दिँदै आउनुभएको छ। त्यसो त उहाँ अन्य विम्ब र चित्रमा सशक्त जोसिलो भाव प्रकट गर्ने कलाकारका रूपमा पनि चिनिनुहुन्छ।
हुम्ला ताँजाकोट गाउँपालिका–१ काँडा गाउँकी जनपुरा खड्काले १३ घण्टा लामो प्रसव व्यथापछि जुम्ल्याहा शिशुको जन्म दिनुभएको छ । खड्काले ब्यथा लागेको १३ घण्टापछि मैला स्वास्थ्य चौकीको प्रसुती गृहमा जुम्ल्याहा बच्चा जन्माउन सफल हुनु भएको हो ।
प्रदेश र स्थानीय तहका अधिकारलाई सङ्घीय सरकारले कुण्ठित बनाएको प्रदेशका पदाधिकारी र स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्नुभएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले यहाँ आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी छलफलमा सङ्घीयता कार्यान्वयनको समस्या प्रदेश तहमा नभएर, सङ्घीय सरकारमा देखिएको बताउनुभयो। “संविधानले शान्ति सुरक्षा, प्रहरी परिचालन, गुठी व्यवस्थापन, भूमि व्यवस्थापनलगायतका कार्य प्रदेशको जिम्मेवारी दिएको छ,” मन्त्री शाहीले भन्नुभयो, “प्रहरी प्रशासन कहाँ छ ? भूमि नीति र व्यवस्थापनमा सङ्घको कानुनबमोजिम हुनेछ भनी लेखिएको छ। अनि कसरी प्रदेशले भूमि व्यवस्थापन गर्न सक्ला ?” उहाँले प्रदेश र स्थानीय तहलाई अधिकार नदिएर सङ्घीय सरकारले अधिकार कुण्ठित गरेको उहाँले बताउनुभयो।
दशरथचन्द नगरपालिकाको बाढीपहिरोसम्बन्धी जानकारी दिने विपत् पूर्वसूचना प्रणाली गोदाममा थन्किएको छ। महाकाली नदीसँग सीमा जोडिएको दशरथचन्द नगरपालिकाका वडा नम्बर ६ र १० बाढीको जोखिममा भए पनि त्यहाँ कुनै पनि पूर्वसूचना प्रणाली जडान हुन सकेको छैन।
राज्य पुनर्संरचनापछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसक्दा पनि मोरङको पथरीशनिश्चरे नगरपालिकाले प्रशासनिक भवन कहाँ निर्माण गर्ने भन्ने विषयलाई टुङ्ग्याउन सकेको छैन। भौगोलिक एवं राजनीतिक रूपमा स्वार्थ बाझिँदा नगरपालिकाको भवन निर्माण अझ पेचिलो बन्दै गएको छ । नगरपालिकाको काम हाल साबिकको पथरी गाविस भवनबाट सञ्चालन हुँदै आएको छ। तर कार्यालय अत्यन्तै साँघुरो भएपछि दुई वर्षअघि नगरपालिकाले भाडामा घर लिएर कार्यालय सञ्चालन गर्दै आएको छ। मासिक ५० हजार रुपियाँ घर भाडा तिर्दै आएको नगरपालिकाले निःशुल्क जग्गा पाउँदा पनि त्यस जग्गामा भवन बनाउन सर्वदलीय सहमति जुटाउन सकेको छैन।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ ।
आवधिक निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। एक पटक सत्तामा पुगेर सधैँ सत्तामा बसिरहने छुट लोकतन्त्रमा हुँदैन। जनमतको परीक्षणमा नेतृत्व बारम्बार खारिरहनुपर्ने हुन्छ। सार्वभौमसत्ता सम्पन्न नागरिकको मतबाट जनादेश प्राप्त गरेपछि निश्चित अवधिका लागि काम गर्ने जिम्मेवारी लोकतन्त्रमा प्राप्त हुन्छ। त्यस निम्ति राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना नीति, कार्यक्रम र योजना लिएर जनमतमा जानुपर्ने हुन्छ। लोकतन्त्रको महत्वपूर्ण पर्व निर्वाचनका निम्ति राज्य, उम्मेदवार र नागरिकले ठूलो योगदान गरेका हुन्छन्। त्यस निम्ति ठूलै साधन र स्रोत खर्च भएको हुन्छ। यस अर्थमा कतिपयले लोकतन्त्रलाई खर्चिलो व्यवस्थाका रूपमा समेत बुझ्ने गर्छन्। कम खर्चले कसरी निर्वाचनलाई सफल बनाउन सकिन्छ भन्ने सार्थक बहस यतिबेला सफल निम्ति महत्वपूर्ण हुन आउँछ।
जलवायु परिवर्तन प्रमुख विश्वव्यापी चुनौतीको विषय रहेकाले वातावरण संरक्षणको मुद्दा पनि फराकिलो बन्दै गएको छ। मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने वातावरण दिगो रूपमा व्यवस्थापन गर्न सके मानिसको औसत आयु वृद्धि गर्न सकिन्छ। त्यसैले स्वस्थ मानवका लागि स्वस्थ वातावरण एक अपरिहार्य पूर्वसर्त हो। वातावरण संरक्षणको समसामयिक विषयलाई सम्बोधन गर्न सक्ने एउटा दर्बिलो सेवा हो जलविद्युत्। विगतमा १६ घण्टासम्म लोडसेडिङ बेहोर्नु परेको नेपालले अहिले पर्याप्त विद्युत् उत्पादन गरी छिमेकी मुलुकमा निर्यात गर्न थालिसकेको छ। नेपालले अहिले आफ्नो अतिरिक्त बिजुली भारतीय ऊर्जा बजारमा
ललितपुर हाइ प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । आयोजक नखिपोट युथ क्लबको हलमा भएको खेलमा ललितपुरले आईएसए नेपाललाई ५०–२६ ले हरायो ।
के हो निजामती सेवा– राज्य कोषबाट तलबभत्ता भुक्तानी हुने विशिष्ट ज्ञान सीप भएका स्थायी प्रकृतिका नागरिक सेवामा समर्पित खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका गैरराजनीतिक कर्मचारीको व्यावसायिक सेवा सङ्गठन वा पद हो। यो सरकारको अभिन्न गैरसैनिक चरित्रको स्थायी तथा अविछिन्न संस्था हो। योग्यतामा आधारित सेवा सरकारको मुख्य अङ्ग सेवाको सुरक्षा स्थायित्व र वृत्तिविकासका अवसर भएको नियम र कानुनमा आधारित भएर काम गर्ने अनुशासन र आचरणका आधारमा सञ्चालन हुने सरकारको स्थायी संयन्त्र पनि हो। मुलुकको सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी संयन्त्रका रूपमा स्थापित राष्ट्रसेवकको समष्टिगत संरचनालाई निजामती सेवा भनिन्छ। यसलाई राज्यको स्थायी सरकार पनि भनिन्छ।
१. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पिके डाँडा (लुकेको हीरा भनेर पनि चिनिने) कुन जिल्लामा रहेको छ ? सोलुखुम्बु २. नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा पुनः निर्वाचित कहिले भएको हो ? सन् २०२० अक्टोबर १३ – नेपाल सन् २०२१–२०२३ सम्म सो पदमा रही कार्य गर्ने। – नेपाल यसअघि सन् २०१८– २०२० सम्मको कार्यकालका लागि पनि निर्वाचित भई भूमिका निर्वाह गरिसकेको। – प्रधान कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको। – यस परिषद्मा निम्नानुसार ४७ सदस्य रहने :
अनुगमन प्रणाली फितलो १. फोहोरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका उल्लेख गर्दै नागरिकको दायित्व अभिवृद्धि गर्ने उपायहरू उल्लेख गर्नुहोस्। फोहोरमैलाको न्यून उत्पादन, पुनः प्रयोग, पुनः चक्रण एवं उचित विसर्जनको माध्यमबाट ठोस फोहोरमैलालाई व्यवस्थित गर्दै वातावरण र मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने कार्यको समष्टिलाई फोहोरमैला व्यवस्थापन भनिन्छ। सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, आम नागरिक सबैको सहकार्य र समन्वयबाट फोहोरमैला व्यवस्थित गर्न सकिन्छ। फोहोरमैला व्यवस्थापनको विषयमा नेपालको सङ्घीय संरचनामा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका देहायअनुसार रहन्छ :
बर्दिया जिल्लाका गर्भवती महिलामा अन्तिम पटक गर्भजाँच गराउन आउनेको सङ्ख्यामा कमी देखिएको छ। स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक गर्भवती जाँच गराउनेभन्दा अन्तिम पटक गर्भजाँच गराउनेको सङ्ख्यामा एक हजार ३८४ जनाले कमी देखिएको हो। स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक छ हजार ९६५ जना गर्भवतीले जाँच गराएका थिए। अन्तिम पटक पाँच हजार ५८४ जना गर्भवतीले जाँच गराएका थिए। पहिलो पटकभन्दा अन्तिम पटक गर्भवती महिलाले स्वास्थ्य संस्थामा जाँच गराउन नआउनेको सङ्ख्या एक हजार ३८४ ले कमी रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक सात हजार जना गर्भवती महिलाले जाँच गराएका थिए। अन्तिम पटक भने पाँच हजार ९८४ जना गर्भवतीले जाँच गराएका थिए।
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ। परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्क तिरेर अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ। शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार बजार निवासी जीवन पाण्डेले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताउनुभयो। कार्यालयमा अत्यधिक भीड रहेको तर कार्यालयले अनलाइनमा फाराम नभरेकाले दुई सय रुपियाँ तिरेर बाहिरबाट विवरण भर्नुपरेको बताउनुभयो। “कता हो, के हो ? थाहा छैन, कार्यालयमा आउँदासमेत बाहिर अनलाइन भर्नुपर्ने बाध्यता रै’छ,” पाण्डेले भन्नुभयो। वैदेशिक रोजगारीका लागि राहदानी बनाउनुपर्ने र राहदानीको लागि राष्ट्रिय परिचयपत्र बनाउन आएको पाण्डेले जानकारी दिनुभयो।