नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा जाँदा सहज हुने बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी सङ्घीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ। मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो।
भारतमा एकै दिनमा आठ हजार ८१३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडि १४ हजार ९१७ सङ्क्रमित भएका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा १० जना महिलालाई मनोनयन गर्नुभएको छ ।
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो ।
कराते खेलाडी सुमन तिमल्सिनालाई लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रवन्ध निर्देशक सुदिप छत्कुलीले मंगलबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरीमा रोकियो ।
बलिउड जोडी विपासा वसु र करण सिंह ग्रोवर आमाबावु बन्दैछन्। विपासा बसुले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बेबीबम्प’को तस्बिर सार्वजनिक गर्नुभएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग लिएको पाँँच हजार घुस रकमसहित सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई मङ्गलबार पक्राउ गरेको हो ।
पटना, साउन ३१ गते । मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उहाँले नयाँ मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ । आरजेडी, जनता दल युनाइडेट (जेएलडी) लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ गराउनुभयो । ३६ जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने विहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राख्नुभएको छ । भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिश कुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ। सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिशकुमारको जनता दल (युनाइटेड)ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) चार सिट जितेको थियो।
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेको छ ।
काठमाडौं, साउन ३१ गते । सुष्मा कार्की अभिनित नयाँ गीत रिलिज भएको छ । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’मा सुष्मा र अभिनेता यशराज गराच फिचर्ड छन् । गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि देख्न सकिन्छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीत ‘फापरको रोटी’मा बास्कोटासहित रवि ओड र टीका प्रसाईंको स्वर रहेको छ । गीतका लेखेक दयाराम पाण्डे हुनुहुन्छ । फिल्मको निर्देशन रञ्जित रौनियारले गर्नुभएको हो ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, साउन ३१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गर्नुभएकाे छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकाे हाे । भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत् यस सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो।उहाँले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो।उहाँले नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवालाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्नुहुँदै यसको कुशल कार्यान्वयनमा दुबै देशले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो। उहाँले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुशी लागेको भन्नुहुँदै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसैगरी, मन्त्रीले संयुक्त राष्ट्र सङ्घको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्प विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुन सिफारिस गरेकाले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गर्नुभयो।भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुकले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।उहाँले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताउनुभयो।यसैगरी, राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सहज बन्दै गएको जानकारी गराउनुहुँदै आफ्नो कार्यकालमा नेपाल र कोरियाबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो। राजदूत चोङ–सुकले सामसुङ टिभीको नेपालमै उत्पादनका लागि आगामी भदौ ८ गते कारखाना उद्घाटन गर्न लागेकाले त्यसमा आतिथ्यताका लागि मन्त्रीलाई आग्रह गर्नुभयो।भेटका अवसरमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो।