• ६ साउन २०८१, आइतबार

नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

blog

दल दर्ताका लागि निर्वाचन आयोगमा पुग्नुभएका नेपाली कांग्रेसका नेता । तस्बिर : केशब गुरुङ

काठमाडौं, साउन ३१ गते । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी संघीय निर्वाचनका लागि दल दर्ता गरेको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार दिउँसो करिब ४ बजे आयोगमा दल दर्ता भएको जानकारी दिनुभयो ।

कांग्रेसका उपसभापति धनराज गुरुङ, मुख्य सचिव कृष्ण पौडेललगायत नेताहरु आयोगमा पुग्नुभएको थियो ।