• ६ साउन २०८१, आइतबार

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनयन

blog

काठमाडौं, साउन ३१ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा १० जना महिलालाई मनोनयन गर्नुभएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

मनोनयन हुनेहरुमा किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गङ्गा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा हुनुहुन्छ ।