• ६ साउन २०८१, आइतबार

'फापरको रोटी'मा सुष्मा र यशराज

blog

काठमाडौं, साउन ३१ गते । सुष्मा कार्की अभिनित नयाँ गीत रिलिज भएको छ । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’मा सुष्मा र अभिनेता यशराज गराच फिचर्ड छन् । 

गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि देख्न सकिन्छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीत ‘फापरको रोटी’मा बास्कोटासहित रवि ओड र टीका प्रसाईंको स्वर रहेको छ । 

गीतका लेखेक दयाराम पाण्डे हुनुहुन्छ । फिल्मको निर्देशन रञ्जित रौनियारले गर्नुभएको हो ।