• ६ साउन २०८१, आइतबार

नगरपालिकाबाट बसाइँ सर्ने बढे

blog

गोकर्ण दयाल 

बैतडी, साउन ६ गते । जिल्ला सदरमुकाम रहेको दशरथ चन्द नगरपालिकाबाट बसाइँ सर्नेको सङ्ख्या बढेको छ । यो एक वर्षको अवधिमा ८५४ परिवार (करिब तीन हजार जनसङ्ख्या) बसाइँसराइ गरेर तराईलगायतका जिल्लामा गएका छन् । पछिल्लो तीन वर्षयता बसाइँसराइले नगरपालिकाको ४० हजार जनसङ्ख्या घटेर करिब ३० हजारमा झरेको छ । बसाइँसराइका विभिन्न कारणमध्ये शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य समस्या रहेको नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य स्थानीय सरकारको मातहतमा आए पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा गुणस्तर सेवा दिन सकिरहेका छैनौँ । यसले नागरिकमा असन्तुष्टि बढेको छ । शिक्षाको अवस्था हेर्दा म आफैँ पनि सन्तुष्ट छैन ।” नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यव्रmममा नगरप्रुमख जोशीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा र स्वास्थ्य संस्था स्थानीय सरकारले चलाउन नसक्ने बताउनुभयो । 

उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार नगरपालिकामा स्वास्थ्यसहित १०८ जना कर्मचारीको स्वीकृत दरबन्दी भए पनि १८ जना मात्रै दरबन्दीका कर्मचारी कार्यरत छन् । नगरपालिका, वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालन गर्न २०६ जना कर्मचारी आवश्यक छ । सबै करारमा भर्ना गरेर काम गर्नुपर्दा सोचे जस्तो प्रतिफल नआएको नगरप्रमुखले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “२०५४ सालमा स्थापना भएको दशरथ चन्द नगरपालिकाको त यस्तो अवस्था छ भने २०७३ सालमा गठन भएका अन्य नगरपालिका र गाउँपालिकाको अवस्था के होला ?”

शिक्षा क्षेत्रमा मात्रै यस नगरपालिकाले वार्षिक ४१ करोड रुपियाँ खर्च गर्दै आइरहेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट मात्रै चार करोड रुपियाँ खर्च गरेर निजी स्रोतका शिक्षकलाई तलब खुवाउँदै आएको छ । शैक्षिक गुणस्तर खस्किरहेको गुनासो गर्दै नगरप्रमुख जोशीले शिक्षा र बालबालिकाको भविष्यमाथि चिन्ता व्यक्त गर्नुभयो । स्थानीय तहले आधारभूत शिक्षाबाहेक उच्च शिक्षा चलाउन नसक्ने धारणा पनि उहाँले राख्नुभयो । 

सामाजिक कार्यमा प्रगति नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा यस नगरपालिकाले सामाजिक कार्यमा भने उल्लेख्य प्रगति गरेको सूची सार्वजनिक गरेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पिछडिएको वर्ग, दलित, जनजाति, घरेलु हिंसा र सामाजिक विभेद रोकथाम, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क शववाहन सञ्चालनलगायत काममा नगरपालिकाले प्रगति हासिल गरेकोे छ । 

आव २०८०/८१ मा लैङ्गिक हिंसा निवारण कोषबाट हिंसा प्रभावित ३१९ जना महिलालाई सेवा प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताउनुभयो । 

वार्षिक प्रतिवेदन अनुसार हिंसा प्रभावित ३१९ मध्ये ८८ जनामाथि शारीरिक हिंसा, १४० जनामाथि मानसिक यातना, २१ जना बहुविवाहबाट पीडित, छ जनामाथि जबरजस्ती करणी, सात जनामाथि यौन दुव्र्यवहार, स्रोतसाधानबाट वञ्चित ५४ जना र सामाजिक सञ्जालबाट पीडित तीन जनालाई उद्धार गरेर न्यायिक निकायसम्म पु-याइएको 

जनाएको छ । महिला हिंसा न्यूनीकरण गर्न नगरका विभिन्न वडामा जोडी संवाद कार्यक्रम सञ्चालन गरेर हिंसामा परेका महिलालाई पुनस्र्थापना गरिएको कुरा सुनुवाइ कार्यव्रmममा सार्वजनिक गरिएको छ । 

त्यसै गरी दलितलक्षित कार्यक्रम अन्तर्गत जातीय विभेद अन्त्यका लागि सचेतना कार्यक्रम, योजना तर्जुमा दलितको सहभागिता, गरिब विद्यार्थीलाई पोसाक वितरण, कम्प्युटर तालिम र सिप विकाससम्बन्धी कार्यक्रम सञ्चालन भएको बताइएको छ । दशरथ चन्द नगरपालिका–१, मुस्याचौर बजारको फोहोर व्यवस्थापन हुन नसकेको गुनासो स्थानीयले गरेका हुन् ।