• ६ साउन २०८१, आइतबार

आमाबुवा बन्दै विपासा वसु र करण सिंह

blog

बलिउड जोडी बिपासा बसु र करण सिंह ग्रोवर ।

काठमाडौं, साउन ३१ गते । बलिउड जोडी विपासा वसु र करण सिंह ग्रोवर आमाबावु बन्दैछन्। विपासा बसुले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बेबीबम्प’को तस्बिर सार्वजनिक गर्नुभएको हो। 

यो जोडीले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बेबीबम्प’को तस्बिर सेयर गर्दै आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँड्नुभएको हो। 

सन् २०१६ को अप्रिलमा यो जोडीको विवाह भएको थियो। इन्स्टाग्राममा तस्बिरमा विपासा लेख्नुहुन्छ, ‘एक नयाँ समय, नयाँ चरण र नयाँ प्रकाशले हाम्रो जीवनको ऐनामा नयाँ छाया थप्न लागेको छ। यसले हामीलाई पहिलेभन्दा पूर्ण बनाउनेछ। व्यक्तिगत रुपमा भेटेपछि हामी दुई भयौं। अब हामी तीन हुनेछौं।’ 

विपासा र करण फिल्म ‘एलोन’बाट नजिकिनुभएको थियो। त्यही सम्बन्धलाई उहाँहरुले दाम्पत्य जीवनमा रुपान्तरण गर्नुभएको हो।