• ६ साउन २०८१, आइतबार

विहारमा मन्त्रिपरिषद् विस्तार

blog

पटना, साउन ३१ गते । मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उहाँले नयाँ मन्त्रिपरिषद्मा सामेल गर्नुभएको छ ।     

आरजेडी, जनता दल युनाइडेट (जेएलडी) लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ गराउनुभयो । ३६ जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने विहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राख्नुभएको छ ।     

भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिश कुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ।     

सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिशकुमारको जनता दल (युनाइटेड)ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) चार सिट जितेको थियो।