लहान नगरपालिका–३, अस्पताल चोकमा रहेको युवा नेता बेचन यादवको सालिक चिन्नै नसकिने गरी कुरूप देखिन थालेको छ। सालिकको संरक्षण हुनुपर्ने माग स्थानीयले गर्दै आइरहेका छन्। २०६४ सालमा अस्पताल चोकस्थित आफ्नै ‘सन्तोष लज’ बाट अपहरणको शैलीमा चोकदेखि दक्षिण रहेको झाडीमा लगेर अज्ञात समूहले यादवको हत्या गरेको थियो। हत्यारालाई कारबाहीको माग गर्दै लहानमा प्रदर्शन भएको थियो। उहाँको तेह्रौं दिनको पुण्यतिथिमा लहान भगवानपुर जाने सडकमा रहेको पार्कमा नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादव, पूर्वमन्त्री राजलाल यादव र गोपाल सेवा समितिको संरक्षक हरिनारायण यादवको उपस्थितिमा शोक सभा आयोजना गरी यादवको सालिक स्थापित गरिएको थियो।
इजरायल सरकारले कृषि क्षेत्रका लागि नेपालबाट एक हजार श्रमिक लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच सोमबार मन्त्रालयमा भएको भेटका क्रममा गोदेरले सोबारेमा जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार भेटका क्रममा उहाँहरूबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा राजदूत गोदेरले इजरायल सरकारले एक हजार नेपाली श्रमिक कृषि कामका लागि लैजाने विषयमा टुङ्गो लगाएको जानकारी दिनुभयो ।
नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आज (मङ्गलबार)देखि सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। भारतको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई सोमबार शुभकामना सन्देश पठाउँदै उहाँ र भारतका जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको हो। उहाँले सन्देशमा भन्नुभएको छ, “भारतको निरन्तर प्रगति र समृद्धिका लागि मेरो शुभकामना छ।’’ उहाँले छिमेकी मुलुकबीचको ऐतिहासिक सम्बन्ध, सहयोग र मित्रताको भावना आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
पाँच दलीय गठबन्धनको निर्वाचन तयारी कार्यदलको बैठकले सिट बाँडफाँट आधारको खाका तयार गर्ने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ। आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको सिट व्यवस्था मिलाउन गठित सो कार्यदलको सोमबार बसेको तेस्रो बैठकले आगामी बैठकमा सो खाका पेस गर्ने जिम्मा सिटौलालाई दिएको हो। २०७४ सालको आमनिर्वाचनमा राजनीतिक दलहरूले पाएको समानुपातिक मत र हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडातहमा पाएको मतको आधारलाई लिएर बाँडफाँटको खाका तयार गरिने छ। यसअघिका बैठकमा सिट बाँडफाँट गर्दा लिनुपर्ने आधारका सबै विकल्प खुला राख्नुपर्ने र सम्भावित सबै विकल्पमा छलफल अघि बढाउने सहमति भएको थियो।
प्रदेश १ को मन्त्रिपरिषद्को सोमबार यहाँ बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न आठवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो।
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्दा वन तथा वन्यजन्तुमा पर्ने असर न्यूनीकरणमा प्राथमिकतामा राखिने भएको छ। झापामा हात्तीको आवतजावत बढी हुने मेचीनगर नगरपालिकाको चारआलीमा हात्तीको आवतजावतका लागि ‘अन्डर पास’ बनाइने भएको छ।
सिन्धुली जिल्लामा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दैनिक रूपमा बढिरहँदा कोभिड अस्पताल भने जनशक्तिको अभावमा बन्द अवस्थामा रहेको छ। दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिरहेको बेलामा बागमती प्रदेश सरकार, स्थानीय तह र जनस्तरबाट रकम सङ्कलन गरेर निर्माण गरी सञ्चालनमा आएको उक्त अस्पताल जनशक्तिको अभावमा यतिखेर आठ महिनादेखि बन्द रहेको हो।
रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ। पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन्। पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन्। सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ। यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ । पुथाउत्तरगङ्गा–१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा–३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन ।
साउनको अन्तिम सोमबारको बोलबममा पोखराको महेन्द्रपुलमा शिव पार्वती र गणेशको रुप धारण गरेर बजार परिक्रमा गरिँदै ।
विराटनगर–७ का मनिस रौनियारले आठ वर्ष अगाडि आमा गायत्रीदेवीको नाममा रहेको जग्गा लुम्बिनी बैंकमा धितो राखेर व्यवसायीक ऋण लिनुभयो
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्हबाट लड्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच करिब ६ वर्षपछि एउटै चुनाव चिन्ह अर्थात् गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा चुनाव लड्ने सहमति जुटेको हो ।
नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्यमा दसौँ तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ ।
सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउने भएको छ ।
विपत् तथा आपतकालीन अवस्थाकाबेला लैङ्गिक हिंसा रोक्न विज्ञहरुको रायका आधारमा स्थानीय तहहरुले योजना बनाउनु पर्ने सरोकारवालाले बताउनुभएको छ । महिला मानव अधिकार रक्षक सञ्जालले धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले लैङ्गिक हिंसाविरुद्ध पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्दा विज्ञको राय लिनु पर्ने औंल्याएका हुन् । यसैगरी, यस क्षेत्रमा काम गर्ने सहयोगी हातहरुसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।