• ७ वैशाख २०८१, शुक्रबार

अधिकारी रासस सञ्चालक सदस्यमा मनोनयन

blog

राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समिति सदस्य अधिकृत कृष्ण अधिकारी

काठमाडौं, साउन ३० गते । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति सदस्यमा दसौँ तहका वरिष्ठ अधिकृत कृष्ण अधिकारीलाई मनोनयन गरेको छ । 

राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा ९१० को खण्ड (ङ) बमोजिम अधिकारीलाई सञ्चालक सदस्यमा मनोनयन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । उहाँलाई यही साउन २० गतेको मन्त्रिस्तरीय निर्णयबाट आगामी चार वर्षका लागि सञ्चालक सदस्यमा मनोनयन गरिएको हो । 

तेइस वर्ष अगाडि सेवा प्रवेश गर्नुभएका अधिकारी राससको आलेख सम्पादन शाखाको प्रमुख हुनुहुन्छ । उहाँले यसअघि प्रमुख समाचारदाता, समाचार सम्पादकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।