अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मूल आयोजक समितिले मंगलबार विभिन्न उपसमिति गठन गरेको हो ।
हरिकृष्ण ऐडीमुगु, साउन ३१ गते। स्थानीय व्यापारीले हडपेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुको जग्गा फिर्ता लिइएको छ। २०७४ मा स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको जग्गा उनीहरुले सम्झौता विपरीत जथाभावी प्रयोग गर्न थालेपछि सम्बन्धित निकायले टहरा भत्काएर जग्गा फिर्ता लिएको हो। खाद्यको आन्तरिक आम्दानीको लागि प्रति टहरा महिनाको तीन हजारका दरले भाडामा लगाएको जग्गा भाडामा लिएकै व्यापारीले जथाभावी हडपेपछि बल प्रयोग गर्नु परेको शाखा प्रमुख पुष्कर भामले जानकारी दिनुभयो।‘संस्थाको फाइदाको लागि जग्गा भाडामा दियौँ। तर, व्यापारीले सम्झौता विपरीत जग्गा हडपेर व्यक्तिगत जग्गा जस्तै प्रयोग गर्न लागे’, उहाँ भन्नुहुन्छ, ‘कार्यालयको जग्गा जोगाउन जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा टहरा हटायौँ।’ खाद्य केन्द्रीय कार्यालयका विभागीय प्रमुख भीमबहादुर थापाले कार्यालयले गरेको कामको प्रशंसा गर्नुभएको छ।
कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता संयोजन समिति बन्ने बताउनुभएको छ।
नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको छ । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका २८ प्रशिक्षकको सहभागिता रहेको थियो ।
पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२६ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ६१९ कोरोना परीक्षण गर्दा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आधुनिक युगमा परम्परागत अनुसन्धानले काम नचल्ने भन्दै प्रदेशको नेपाल प्रहरी प्रविधिमैत्री बन्नुपर्ने बताउनु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा मंगलबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटनशत्रमा उहाँले सो कुरा बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश, विश्व शान्ति र जनताका लागि हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवबीच छलफल भएको छ ।
संघीय शहरी बिकासमन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उदघाटन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको पाँच कोठे सामुदायिक भवनको मन्त्री चौधरीले मंगलवार उदघाटन गर्नुभएको हो ।
कक्षा ८ को नेपाली बिषयका दुुई वटा पाठको बिषयवस्तु नछापिएर खाली आएपछि पठनपाठनमा विद्यार्थीलाई समस्या भएको छ । पाठको शीर्षक भए पनि बिषयवस्तु खाली आउँदा छपाइमा लापरवाही भएको प्रष्टै देखिएको हो ।
सोमबार एकैदिन उच्च अङ्कले बढेको नेप्से मङ्गलबार गिरावट भएको छ । आज नेप्से सूचक २४.८३ अङ्कले घटेर २०४१.०६ बिन्दुमा झरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले १६ वटा मोटरसाइकल र नौ वटा स्कुटरसम्बन्धित सवारी धनीलाई मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय २७ पुगेको छ । पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो ।