• ६ साउन २०८१, आइतबार

व्यापारीले हडपेको जग्गा फिर्ता

blog

व्यापारीबाट जग्गा फिर्ता लिएपछि बनाइएको तारबार। तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, साउन ३१ गते। स्थानीय व्यापारीले हडपेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय मुगुको जग्गा फिर्ता लिइएको छ।  २०७४ मा स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको जग्गा उनीहरुले सम्झौता विपरीत जथाभावी प्रयोग गर्न थालेपछि सम्बन्धित निकायले टहरा भत्काएर जग्गा फिर्ता लिएको हो। 

खाद्यको आन्तरिक आम्दानीको लागि प्रति टहरा महिनाको तीन हजारका दरले भाडामा लगाएको जग्गा भाडामा लिएकै व्यापारीले जथाभावी हडपेपछि बल प्रयोग गर्नु परेको शाखा प्रमुख पुष्कर भामले जानकारी दिनुभयो।

‘संस्थाको फाइदाको लागि जग्गा भाडामा दियौँ। तर, व्यापारीले सम्झौता विपरीत जग्गा हडपेर व्यक्तिगत जग्गा जस्तै प्रयोग गर्न लागे’, उहाँ भन्नुहुन्छ, ‘कार्यालयको जग्गा  जोगाउन जिल्ला  प्रशासन कार्यालयसँगको समन्वयमा टहरा हटायौँ।’  खाद्य केन्द्रीय कार्यालयका विभागीय प्रमुख भीमबहादुर थापाले  कार्यालयले गरेको कामको प्रशंसा गर्नुभएको छ।