• ६ साउन २०८१, आइतबार

नेप्से परिसूचक २४.८३ अङ्कले गिरावट

blog

काठमाडौं, साउन ३१ गते । सोमबार एकैदिन उच्च अङ्कले बढेको नेप्से मङ्गलबार गिरावट भएको छ । आज नेप्से सूचक २४.८३ अङ्कले घटेर २०४१.०६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अङ्कले घटेको छ ।

कारोबारमा आएका २२१ कम्पनीको ६४ लाख छ हजार ७३८ कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपियाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा मङ्गलबार कारोबार रकम भने वृद्धि भएको छ । सोमबार दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ । त्यस्तै, फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि आज अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै,स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशतले बढेको छ । तर,यता युनिलिभरको शेयर मूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ ।

दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ । आज रिडि हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपियाँको  शेयर कारोबार भएको छ ।