• ६ साउन २०८१, आइतबार

बञ्चरेडाँडामा फोहोरको विषयमा तनाव, हवाई फायरसहित अश्रुग्याँस प्रहार

blog

यसअघि स्थानीय र काठमाडौं महानगरपालिकाबीच फोहर फाल्न दिने सहमति भएको बञ्चरेडाँडा । फाइल तस्बिर

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते ।
काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउन्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताउनुभयो । स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।