• ६ साउन २०८१, आइतबार

८४८ जनामा सङ्क्रमण, ५२६ सङ्क्रमण मुक्त

blog

काठमाडौं, साउन ३१ गते । पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२६ जना सङ्क्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ६१९ कोरोना परीक्षण गर्दा ८४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

दुई हजार ७२२ पीसीआर परीक्षण गर्दा ३९९ र दुई हजार ८९७  एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।