• १८ असार २०८१, मङ्गलबार

राजनीति देश र जनताका लागि हुनुपर्छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३१ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश, विश्व शान्ति र जनताका लागि हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले स्वार्थको राजनीतिले देशको हित नहुने पनि जिकिर गर्नुभयो । स्वार्थ राजनीतिका लागि विकृति भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले थप्नुभयो, “ढाँट गरेर राजनीति हुँदैन, सर्वसाधारणले भन्ने आई हेट पोलिटिक्सले गम्भीर प्रश्न जन्माएको छ ।”

पोलिटिक्सलाई स्वच्छ, सफा बनाउन आवश्यक रहेको र त्यसका लागि जनता नै सचेत हुनुपर्छ उहाँले भन्नुभयो । राजनीति देश र जनताको पक्षमा हुनुपर्छ, परिवारका सदस्यका लागि होइन अध्यक्ष ओलीले भन्नुभयो, “राजनीति स्वच्छताका निम्ति, समाजका निम्ति, मानव जातिका निम्ति गरिनुपर्छ ।”

अध्यक्ष ओलीले राजनीतिमा एक थोपा पनि पसिना नबगाएकाहरुले यसमा इन्जोय गर्ने माध्याम बनाइनु नहुने उहाँको कथन छ । देशको राजनीतिमा महिलाको योगदान बढी भए पनि सोअनुसारको अवसर प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।