पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार उच्च अङ्कले वृृद्धि भएको छ । सोमवार नेप्से सूचक ५५.८८ अङ्कले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९१७ नयाँ सङ्क्रमित भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिक समृद्धिका लागि विकासको नयाँ मोडेलको विकास हुनपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताउनुहुँदै साे धारणा राख्नुभएकाे हाे ।
पाकिस्तानको बालुचिस्तानमा वर्षाजन्य घटनामा परी थप आठ जनाको मृत्यु भएको छ । योसँगै पछिल्लो प्राकृतिक प्रकोपमा परी पाकिस्तानमा मृत्यु भएकाहरुको सङ्ख्या १९६ पुगेको छ ।
भारतमा सोमबार ७६ औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाइँदैछ । तत्कालीन ब्रिटिस शासकहरूको उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा हरेक वर्षको अगस्ट १५ मा भारतमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ ।
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन गर्नुभएको छ ।
सुडानमा भीषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ ।
दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
दुई प्रशिक्षकको झगडाले तनावपूर्ण बनेको प्रिमियर लिग अन्तर्गत चेल्सी र टोट्टनहामको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको लन्डन डर्बी २-२ गोलको बराबरीमा सकिएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेका केन्द्रीय सुरक्षा समितिको बैठकले मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र चुनैतीबारे छलफल गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा आइतबार राति रियलले अल्मेरियालाई उसैको मैदानमा २–१ गोलले हरायो ।