• ६ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

blog

काठमाडौं, साउन ३० गते । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार उच्च अङ्कले वृृद्धि भएको छ ।

सोमवार नेप्से सूचक ५५.८८ अङ्कले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.२३ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अङ्कले बढेको छ ।

सोमवार कारोबारमा आएका २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपियाँ बराबरको कारोबार भएको छ । आइतवारको तुलनाका नेप्से र कारोबार रकम दुबै बढेको छ । आइतवार एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेको १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । जसमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ ।

नेप्से बढेसँगै इन्भेष्टमेण्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ । तर, यता रिडि हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको २.७० प्रतिशतले घटेको छ । सोमवार शिवम् सिमेन्टको २१ करोड २ लाख रुपियाँको शेयर कारोबार भएको छ ।