• ६ साउन २०८१, आइतबार

बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० वितरण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: सागर बस्नेत

काठमाडौँ, साउन ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ । आइतबार बिहान काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत चारै जनालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नुभएको थियो । राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको छ।