प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानको छाताभित्र व्यवस्थित र सङ्गठित भएर निर्वाचनलाई लक्षित गरेर सूचना सम्प्रेषण, प्रकाशन र वितरणमा पुर्याइएको योगदानको सराहना गर्नुभएको छ। उहाँले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन गोरखापत्र संस्थानको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ। समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु-याउन जोड दिएका छन्। बुधबार पहिलो बैठक बसेको मितिले तीन महिनासम्म समितिलाई काम गर्ने समय छ तर निर्वाचनको मिति घोषणा भइसकेको र मनोनयनपछि सदन नहुने भएकाले छिटो काम सक्नुपर्ने दबाबमा समिति छ। प्रतिनिधि सभाले साउन २२ गते प्रस्ताव समितिमा पठाएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गर्नुभएको नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा संसद्ले विधेयक पारित तयारी गरेको हो। विधेयक पारितको सम्भावित कार्यसूची बुधबार प्रकाशन भइसकेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट दुई लाख ७६ हजार रूपियाँसहित कागजात नियन्त्रणमा लिएको छ ।
काठमाडौं, भदौ १ गते। गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। उहाँले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गर्नुभएको छ। गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरेर घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो। जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो। दुर्घटनामा नौ जना घाइते भएका र तीमध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताउनुभयो। घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पुर्याइएको छ। गम्भीर घाइतेलाई थप उपचारमा लैजानुपर्ने भएमा र हेलिकप्टर चाहिए मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भन्नुभएको छ। रासस
दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।
काठमाडौं, भदौ १ गते। स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो। बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो।स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ।यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लीने र सेवामा थप गुणस्तरीयता बनाउन जरुरी छ।यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं ।’समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल हुनुहुन्छ।अर्को बैठक आइतबार दिउँसो तीन बजे बस्नेछ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दललाई पराजित गर्ने शक्ति एमालेसँग भएको बताउनुभएको छ ।
काठमाडौं, भदौ १ गते। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘नेपालमा खाद्य सुरक्षा’ कार्यक्रमको उद्घाटन गर्नुभएको छ। जङ्गी अड्डामा चल्ने दुई दिने कार्यक्रम राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको हो। खाद्य सुरक्षा सम्बन्धी समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति, अगामी योजना र कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयको विश्लेषण गरेर सुझाव प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको नेपाली सेनाले जनाएको छ। मन्त्री यादवले वर्तमान परिपेक्ष्यमा खाद्य सुरक्षा जस्तो बहुआयामिक एवं महत्वपूर्ण विषयमा सम्बन्धितसँग छलफल गरेर भावी योजनाका सम्बन्धमा विश्लेषण गर्ने अभिप्रायका साथ आयोजित कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै सफलताको कामना गर्नुभयो।कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका संयोजक रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधान सेनापति, रथी, सम्बन्धित मन्त्रालय, विभाग र अन्य सुरक्षा निकायका पदाधिकारी तथा सम्बन्धित विषयका विज्ञको सहभागिता रहेको थियो। नेपालको विद्यमान खाद्य सुरक्षाको अवस्था, चुनौती सम्वर्द्धन तथा प्रवर्द्धनका लागि अबलम्बन गर्नुपर्ने भावी लक्ष्य, योजना र अवसरका बारेमा छलफल केन्द्रित रहने कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार समापन गर्नुहुने सेनाले जनाएको छ।
नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।
सर्वोच्च अदालतद्वारा बुधबार आयोजित वरिष्ठ अधिवक्ताको उपाधि वितरण कार्यक्रममा कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)लाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताउनुभएको हो।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ।
प्रविधिको प्रयोगबाट गरिएको मकै खेतीमा सुधार आएको छ । मकै खेतीमा रोग प्रकोप नियन्त्रण र उत्पादनमा बृद्धि भएको किसानको भनाइ छ । परम्परागत शैलीले गरिएको मकै खेतीमा रोग किराले क्षति गरेपछि प्रविधिको प्रयोग गरिएको कृषकले बताउनुभयो ।
काठमाडौं, भदौ १ गते । निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको फिल्म 'बर एन्ड बधु'को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि प्रदर्शन मिति तय गरिएको हो ।फिल्ममा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्माचार्य र कलाकार विजय लामा मुख्य भूमिकामा हुनुहुन्छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ भने डाक्टर अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुनुहुन्छ ।