• ६ साउन २०८१, आइतबार

सम्भावित कार्यसूची

बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रस्तुत हुँदै

blog

संघीय संसद भवन । फाइल तस्बिर

काठमाडौं, भदौ १ गते। राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो। 

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता सम्बन्धी विधेयक गृहमन्त्री बालकृष्ण खाणले पुर्नविचारका लागि प्रस्तुत गर्नुहुनेछ। विधेयकमाथि पुर्नविचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे लगत्तै गृहमन्त्रीले नै नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ। 

त्यसैगरी बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘‘राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन (२०७७ साउन-२०७८ असार)’’ पेश गर्नुहुनेछ। 

कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले सभाको नियमावली, २०७५ को नियम १२० को उपनियम (४) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यको सूचनासमेत सार्वजनिक गर्नुहुनेछ।