• ६ साउन २०८१, आइतबार

गठबन्धनलाई पराजित गर्ने शक्ति एमालेसँग छ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

ललितपुर, भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दललाई पराजित गर्ने शक्ति एमालेसँग भएको बताउनुभएको छ । पार्टी कार्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।  

गठबन्धनमा रहेका दलहरु एकले अर्काको भर पर्ने अवस्था भएको र एमाले उच्च मनोबल बोकेर एक्लै चुनावी मैदानमा होमिएकाले गठबन्धनलाई हराउने शक्ति एमालेसँग भएको उहाँले बताउनुभयो । माओवादीले जनवाद ल्याउँछु भन्दै अनेक सपना देखाएर सहिद परिवार र घाइतेहरूलाई बिचल्ली बनाएको उहाँको आरोप छ । एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राईलाई पार्टीमा स्वागत गर्नुभयो । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ ।