• ६ साउन २०८१, आइतबार

बीमा समस्या समाधानका दीर्घकालीन उपाय बारेमा छलफल

blog

 काठमाडौं, भदौ १ गते। स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो।

 बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो।स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ।यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लीने र सेवामा थप गुणस्तरीयता बनाउन जरुरी छ।यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं ।’

समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल हुनुहुन्छ।अर्को बैठक आइतबार दिउँसो तीन बजे बस्नेछ।