• ६ साउन २०८१, आइतबार

स्थानीय विकासको जिम्मा पालिकाको : उपाध्यक्ष डा. पौडेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको जिम्मेवारी पालिका सरकारको भएको बताउनुभएको छ । नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले सो कुरा बताउनुभएको हो । 

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूला आयोजनाहरु मात्रै प्राथमिकतामा राख्ने र साना परियोजनाहरु स्थानीय तहमा नै दिने योजना रहेको बताउनुभयो । सांसदहरुले साना भित्री सडक बनाउन माग गर्ने प्रावधान अब हट्ने उहाँको भनाइ छ । स्थानीय जनप्रतिनिधिले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव उहाँको छ । 

नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायलाई सहयोग गर्न उहाँले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । जनताको समस्या समाधान गरेमात्र अर्को पटक चुनाव लड्न सजिलो हुने उहाँको सुझाव छ । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिलाई जनताको बीचमा पुग्न सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘स्थानीय तहले बजेट बनाउँदा विशेषमा एकदमै ध्यान दिनुपर्छ । ठूला नगरपालिकाले पनि एउटा शीर्षकको लागि भनेर माग गरेको बजेट उल्टोपाल्टो गरेर पठाएको धेरै उदाहरण रहेको उहाँले बताउनुभयो । सडक निर्माणका लागि माग गरेको बजेट विशेष बजेट अन्तर्गत रहेको उहाँले बताउनुभयो । गाउँपालिकाको निर्णय भनेर योजना आयोगको उपाध्यक्षकोमा ल्याएर छोड्न नहुने उहाँले बताउनुभयो । 

अहिले भविष्य नगरपालिकाकै रहेको उहाँको भनाइ छ । सङ्घीय सरकार केन्द्रको अधिकारभित्र रहन्छ त्यसैमा प्राथमिकता दिने हो उहाँले भन्नुभयो, “स्थानीय तहले पाउने राजस्व पाउनुहुन्छ । योजना आयोगमा पैसा माग्न आउनुपर्दैन ।” स्थानीय तहले बजेट बनाउँदा विषेश बजेटमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।