• ६ साउन २०८१, आइतबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

काठमाडौं, भदौ १ गते । बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ४२ लाख रुपियाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र ४२ लाख रुपियाँ जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले मङ्गलबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

रामेछापको मन्थली नगरपालिका –७ घर भई हाल काठमाडौं –१० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैंकको चेक दिएका थिए । ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौंमा पेश गरिने बताउनुभयो ।