• ६ साउन २०८१, आइतबार

डिजिटल भिडियो कोल्पोस्कोप मेसिन हस्तान्तरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १ गते । रोटरी क्लव अफ यलले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखालाई डिजिटल भिडियो कोल्पोस्कोप मेसिन हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ यलका अध्यक्ष गौतम श्रेष्ठले नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका सभापति शैलेन्द्रलाल प्रधानलाई सो मेसिन हस्तान्तरण गर्र्नुभएको हो ।

नेपाल अर्बुद रोग निवारण संस्थाले दुई दशकदेखि अर्बुद रोग सम्वन्धी उपचार गरी सेवा गर्दै आएकोमा अहिले यस रोगको उपचार थप प्रभावकारी बनाउन आधुनिक मेसिनको आवश्यकता भएकाले यो सहयोग प्रदन गरिएको हो । प्रधानले यस डिजिटल मेसिनको लागि आर्थिक सहयोग गर्न हुने रोटरियन सुरेन्द्र गोविन्द जोशीलाई विशेष धन्यवाद दिनुभयो । 

सोही कार्यक्रमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका दक्ष चिकित्सकसहित दक्ष प्राविधिकहरुको टोली उपलव्ध गराउने र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाको सिफारिसमा महिलाको स्तन क्यान्सरको शल्यक्रियालगायत अन्य उपचार निःशुल्क गराउन पनि सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता पत्र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुरका अध्यक्ष डा. सुदिप श्रेष्ठ र नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखाका प्रतिनिधिले आदानप्रदान गर्नुभयो ।

सो निःशुल्क उपचारका लागि नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्घी ललितपुर, रोटरी क्लव अफ यल, नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुर जिल्ला शाखा, नेपाल क्यान्सर सपोर्ट ग्रुप र अन्य उपचारको लागि सहयोगी संस्थाहरुको सहयोग रहने छन् ।

सो कार्यक्रममा डा. श्रेष्ठले क्यान्सरसम्बन्धी उपचार शहरमा मात्र होइन दुर्गम क्षेत्रमा समेत पुगी त्यहाँका जनतालाई समेत सेवा गर्नुपर्छ, भन्नुभयो । यसैगरी, रोटरी क्लब अफ ललितपुरका अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले क्यान्सर रोगसम्बन्धी उपचार गर्न नेपाल अर्बुद रोग निवारण संस्थालाई सक्दोसहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।