• ६ साउन २०८१, आइतबार

नागरिकता विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

blog

काठमाडौं, भदौ २ गते । प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुँदै बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । 

अहिले बैठकमा नागरिकता विधेयकमाथि छलफल जारी छ ।