• ६ साउन २०८१, आइतबार

माओवादी स्थायी कमिटी बैठक

प्रस्तावित २१ सदस्यीय पदाधिकारी (नामावलीसहित)

blog

काठमाडौं, भदौ ४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले महासचिवसहित २१ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको हो ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्षमा  कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ हुनुहुन्छ ।

यसैगरी उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल हुनुहुन्छ ।

त्यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की हुनुहुन्छ भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्तको नाम प्रस्ताव गरिएको छ ।