• ६ साउन २०८१, आइतबार

प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिबद्ध

blog

धरान, भदौ ५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको सुधारका लागि सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ । 

अनियमितता, भ्रष्टाचार, बेथिति तथा चरम समस्याका कारण दिनप्रतिदिन धराशयी बन्दै गएको प्रतिष्ठानको समग्र सुधारको माग राख्दै सेभ घोपा अभियानको नाममा गरिएको आन्दोलनको समापन कार्यक्रममा बोल्दै मन्त्री खापुङले सो धारणा व्यक्त गर्नुभएको हो । प्रतिष्ठानमा विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध र हेको यस अभियानमा सरोकारवाला सबै पक्षको सहयोग अपरिहार्य रहेको मन्त्री खापुङको भनाइ छ । 

प्रतिष्ठानमा धेरै बेथिति रहेको सन्दर्भमा आफू जानकार रहेको र यही बेथिति र समस्या समाधानका लागि आफू धरान आएको बताउदै मन्त्री खापुङले अगाडि भन्नुभयो, ‘प्रतिष्ठानको सबै समस्या समाधानका लागि आफूले पदाधिकारी, कर्मचारी र सामाजिक पक्षसंग आवश्यक छलफल र परामर्श गर्ने र सुधारका लागि सबैको समन्वयमा कामलाइ अगाडि बढाउने योजना छ ।’ प्रतिष्ठान एउटा स्वायत्त संस्था भएकोले आफैले कमाएर आफै सेवा विस्तार गर्नुपर्ने भए पनि त्यस्तो हुननसक्नु दुखको कुरा भएको उहाँको गुनासो छ । 

कार्यक्रममा हामी नेपालीका अध्यक्ष सुदन गुरुङले सेभ घोपा क्याम अभियान अन्तर्गत विगत चार महिनादेखि जारी आन्दोलनको क्रममा प्रतिष्ठानको सुधारका लागि अघि सारिएको ३२ वटा मागमध्ये अधिकांश पूरा भइसकेको बताउनुभयो । उहाँले आफूहरुले अगाडि सारेको दीर्घकालीन रुपमा गर्नुपर्ने सुधारको कामहरूको प्रक्रिया पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

Author

सचिन पोख्रेल