• ६ साउन २०८१, आइतबार

गठबन्धनबाट एक पटक चुनाव लड्छु : नेता खनाल

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ ५ गते । नेकपा (एकीकृत समाजवादी) का नेता एबम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने बताउनुभएको छ । इलाम क्षेत्र न. १ मा गठबन्धनबाट चुनाव लड्ने घोषणा उहाँले गर्नुभयो  । 

आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुुरा गर्दै खनालले त्यस्तो बताउनुभयो । आगामी मंसिर ४ गते हुने हुने निर्वाचनमा एक पटक गठबन्धनबाट चुनाव लड्ने उहाँको भनाइ छ । 

“जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब एक पटक पुनः चुनाव लडछुु” नेता खनालले भन्नुभयो, “इलाम निर्वाचन १ बाट निर्वाचन जित्छु भन्ने मलाई विश्वास छ ।” एकतामै बल रहेकाले एक्लै हिड्ने शक्तिको क्षति हुने निश्चित रहेको उहाँले बताउनुभयो । 

नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको पनि चर्चा गर्नुभयो । मुलुकको हितका लागि बृहत वामपन्थी एकताको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।