• ६ साउन २०८१, आइतबार

प्रजिअद्वारा सीमा क्षेत्रका प्रहरी चौकीको अनुगमन

blog

प्रहरी चौकीको अनुगमन गर्दै प्रजिअ परियारको टोली । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौ ५ गते । प्रमुख जिल्ला अधिकारी सीता परियारले दुुई दिन लगाएर उत्तरी चीनसँगका सीमामा स्थापना भएका प्रहरी चौकीको अनुगमन गर्नुभएको छ । कोरोना कहरपछि चीनसँगको हिल्सा नाका बन्द रहेकाबेला उहाँको टोलीले त्यहाँ स्थापना भएर सुचारु हुँदैआएका प्रहरी चौकीको अनुगमन गरेका हो ।

प्रजिअ परियारले हिल्सा नाका बन्द भएपछि त्यहाँ स्थापना भएका जनपथ प्रहरीको सीमा प्रहरी चौकी र शसस्त्र प्रहरीबलको सीमा सुरक्षा बलको एकसाथ अनुगमन गरेको बताउनुभयो । नाका बन्द भएका कारण मानिसको चहलपहल कम भएको छ । सुरक्षाकर्मीले नियमित रुपमा सिमा स्तम्भहरुको अनुमगन गर्ने कार्य गरिरहेको जानकारी उहाँले दिनुभयो । 

कोरोनापछि प्रमुख जिल्ला अधिकारीको टोली पहिलो पटक हिल्सा पुगेको हो । हिल्सामा दुुवै प्रहरीले खानेपानीको समस्याबीच पनि ड्यूटी गरिरहेको उहाँले बताउनुभयो । सीमा प्रहरी चौकी हिल्सामा खटिएको प्रहरीले दुख कष्टकासाथ आफ्नो सेवामा लागि रहेको जानकारी दिनुभयो । टोलीले उत्तरी हिल्सा, यारी, मुचु, याल्वाङ र सिमकोट गाउँपालिकाको धारापोरी प्रहरी चौकीको अनुमगन गरेको थियो । 

टोलीमा जनपद प्रहरीका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा र सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक शङ्करसिंह धामीको सहभागिता थियो ।