• ६ साउन २०८१, आइतबार

भारतमा एघार हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली,  भदौ  ५  गते । भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ । याेसँगै भारतमा चार करोड ४३ लाख ३९ हजार चार २९ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् ।

भारतमा एक दिन अगाडि अर्थात शनिबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा १३ हजार दुई ७२ जनामा  सङ्क्रमण देखा परेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ हजार आठ सय ७९ जना रहेका छन् ।

गत २४ घण्टाको समय अवधिमा कोरोना सङ्क्रमणबाट यहाँ ४३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ३२ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।

 नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । 

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ६० लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस/सिन्ह्वा