• ६ साउन २०८१, आइतबार

मन्त्री कार्कीद्वारा बाढी प्रभावितलाई राहत वितरण

blog

जयकृष्ण यादव 

इनरुवा, भदौ ५ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ श्रीलङ्का टापुका कोशी बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । विभिन्न दातृ संस्थाबाट प्रदान गरिएको राहत सामग्री सङ्घीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको आतिथ्यमा वितरण गरिएको हो । 

नेपाल रेडक्रमस सोसाइटी, सङ्कल्प सी.बी.आर.नेपाल, सुनसरी, चौधरी फाउन्डेसन र करुणा फाउन्डेसनसहितको सहयोगमा राहत वितरण गरिएको छ । जिल्लाको वराहक्षेत्र वडा ६ र ९ स्थित श्रीलङ्का टापुका कोशी बाढी प्रभावित ११६ घरधुरी परिवारलाई राहत वितरण गरिएको छ । संकल्प सी.बी.आर. नेपाल, सुनसरीका लखनलाल साहका अनुसार चौधरी फाउन्डेसन र करूणा फाउन्डेसनको सहयोगमा बराह क्षेत्रका नगरप्रमुख रमेश कार्कीको अध्यक्षतामा मन्त्री कार्कीले राहत सामग्री वितरण गर्नुभयो । 

पीडितहरुप्रति घरधुरी परिवारमा सदस्यलाई चामल २५ किलो,  दाल २ किलो, चिनी २ किलो, नुन १ किलो, खाने तेल २ लिटर, बेसार २ प्याकेट, सुपानेट झुल १ थान, इलेक्टिक टर्च लाइट १ थान र साबुन ६ थान वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रकाशपुरका रविन घिमिरेले जानकारी दिनुभयो ।